सलहको प्रति किलो २५ रुपैयाँ दिने लेकवेशी नगरपालिकाको घोषणा

सुर्खेत, ४ साउन ।

सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकबाट सलह किरा खरिद गर्ने भएको छ । साउन १ गते सुर्खेतमा प्रवेश गरेको सलहले कृषकको बालीनाली सखाप थालेपछि मारेर ल्याउने कृषकलाई प्रतिकिलो २५ रुपैयाँ दिने नगरपालिकाले निर्णय गरेको हो ।

नगरपालिकाले आइतवार एक विज्ञप्ती निकाल्दै स्थानीयलाई सलह छोपेर ल्याउन अपिल गरेको हो ।

सलह नियन्त्रणका लागि तत्काल कुनै औषधि तथा प्रविधि नभएकाले ढ्याङ्ग्रो ठटाएर, बाजा बजाएर र धुँवा बालेर सहल भगाउन पनि नगरपालिकाले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया