कालिकोटमा विद्युत सेवा अवरुद्ध

कालिकोट, ४ साउन ।

पहिरोका कारण कालिकोटमा विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकाको सीमाना सान्नीगाड खोलामा रहेको पोत्मारा साना जलविद्युत आयोजनाको क्यानेल शुक्रबार बिहान पहिरोले भत्किएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेगराज जोसीले पहिरोका कारण पोत्माराको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको जानकारी दिए । उनले पोत्मारा साना जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द भएसँगै कालिकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरुद्ध भएको बताए ।उनका अनुसार अबिरल वर्षाका कारण शुक्रबार बिहान ४ बजेतिर पोत्मारा विद्युतको क्यानल माथिबाट ठूलो पहिरो खस्यो । करीब ३० मिटर क्यानल भत्काएको छ ।


विद्युत उत्पादन बन्द भएपछि कालिकोट अन्धकार भएको छ । जिल्ला सदरमुकाम मान्मदेखि करिब १३ कोष पश्चिममा रहेको पोत्मारा साना जलविद्युत आयोजनाको उत्पादनले जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकामा विद्युत सेवा विस्तार गरिएको थियो । सेवा अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख मेगराज जोसीसहितको प्राविधिक टोली सदरमुकामबाट विद्युतगृहतिर गएको छ ।

पोत्माराकै विद्युतको भरमा रहेको जिल्लाका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी कार्यालयको काम समेत प्रभावित भएको छ । सान्नीगाड पोत्मारा साना जलविद्युत आयोजना २०६५र०६६ बाट नियमित संचाललनमा आएको थियो । २०७० साल असार ३ गते आएको बाढीले एक वर्षसम्म सेवा अवरुद्ध भएको थियो । त्यतेबेला पहिरोले एकजना प्राविधिकसहित ११ जनालाई बगाएर बेपत्ता बनाएको थियो। त्यसपछि पनि पटकपटक पहिरोको सिकार भएको उक्त आयोजना पुन स् पहिरोले अवरुद्ध भएको छ। नेपाली कांग्रेसका प्रदेश युवा नेता दमनबहादुर शाहीले पोत्मारा साना जलविद्युत आयोजनाको विकल्प नखोजिँदा कालिकोट पटकपटक अन्धकार बन्न बाध्य भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार