पहिरो प्रभावित बारेकोटमा खाद्यान्न संकट

जाजरकोट, ४ साउन ।

पहिरो प्रभावित बारेकोटमा खाद्य संकट भएको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् । घरमा भएको अन्न सकिएपछि आफूहरु निकै समस्यामा परेको बारेकोट, सिनचौरका मानबहादुर नेपालीले गुनासो पोखे । ‘गत २६ गते देखि स्थानीय कालिका प्राविमा बसेका छौं । विद्यालयको छाना चुहिन्छ। खाने अन्न छैन । घरमा भएको अन्न पिस्ने घट्ट बाढीले बगायो । के खाएर बाँच्ने हो, उनले भने, “यस्तै अवस्था केही दिन रहे भोकैले मरिएला भन्ने डर छ ।’

बाढी पहिरोको त्रासले पाँच सय बढी परिवार विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर उनीहरुसँग खाद्यान्न सकिदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाइदैन । विस्थापितहरु भोकभोकै पर्न थालेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट गाउँपालिकामा उत्पादित अन्नले वर्षदिनमा ५÷६ महिना मात्र खान पुग्छ ।

यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रमा खाद्य पसल छैनन् । मानिस खाद्य संस्थानको चामलकै भर पर्ने गरेका छन् । बर्षेनि खाद्य संकट भइरहने जाजरकोटको बारेकाटका करीब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रित्तै छ । बारेकोटमा खाद्य संकट दिनहुँ चुलिदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । बारेकोटको खाद्य संकट टार्न सरकारले नेपाल खाद्य संस्थानलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ ।

उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ । तर आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार चार सय ४२ क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । एक हजार ५८ क्वीन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य संकट परेको हो । ‘गाँउमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गर्दैनन् । गाउँमा उत्पादन भएको अन्न सकियो । पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने

तपाईको प्रतिक्रिया