अनाथ बालबालिकालाई सुईटर

जाजरकोट, ४ साउन ।

इन्जिनियर दिवसको अवसरमा अनाथ बालबालिकालाई सुईटर वितरण गरेका छन । ५८ औं इन्जिनियर दिवसको अवसरमा जाजरकोटका अनाथ बालबालिकालाई वितरण गरिएको हो ।

५८ औ इन्जिनियर दिवसको अवसरमा जाजरकोट स्थित नेपाल आमा अनाथ आश्रममा रहेका २७ जना बालबालिकाहरुलाई सुइटर वितरण गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेश सदस्य मेगराज खत्रीले जानकारी दिए । जाजरकोट जिल्लामा पहिलो पटक कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । शनिवार एक कार्यक्रमको आयोजना गरी जिल्लाका विभिन्न कर्यालयका इन्जिनियरिङ क्षेत्रमा कर्यारत इन्जिनियरहरुको सयूक्त आयोजनामा दिवस मनाएको थियो ।


संस्थाको स्थापना दिवसको अवसर पारेर शनिवार जिल्ला सदरमुकाम खलंगामा एककार्यक्रमको आयोजना गरी मनाइएको छ । भेरी नगरपालिकामा कार्यरत इन्जिनियर नवराज शर्माको अध्यक्षता तथा भेरी नगरपालिका उप प्रमुख भावना भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । जाजरकोट जिल्लामा इन्जिनियर पेसामा आवद्ध रहेका सवैले आफनो धारणा समेत राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार