सांसदलाई नियम विपरित दोब्बर सेवा सुविधा

सुर्खेत, ३ साउन ।

कर्णाली प्रदेशका ३३ जना सांसदले तलब लिए बापत राज्यलाई तिर्नुपर्ने करसमेत तिरेका छैनन् । महालेखाको प्रतिवेदन अनुसार ३३ जना सांसदले १४ लाख ६६ हजार करकट्टी नगरेको पाइएको हो । त्यस्तै सांसद यामलाल कँडेलले लिएको आठ लाख ४५ हजार रुपैयाँ पनि नियम विपरित देखिएको छ ।

 

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा तोकिए भन्दा उनले दोब्बर सुविधा लिएको भन्दै महालेखाले बेरुजु भनेको छ । २०७५ साउन १६ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार उनलाई प्रतिपक्ष दलको हैसियत बराबरको सुविधा दिइएको हो ।

ऐन अनुसार उनले बार्षिक आठ लाख ४५ हजार रुपैयाँ पाउनुपर्छ । तर मन्त्री परिषदले गरेको निर्णय अनुसार उनले थप आठ लाख २० हजार रुपैयाँ लिएका छन् । जसलाई महालेखाले बेरुजु देखाएको छ ।

तपाईको प्रतिक्रिया