आइसोलेसनमै भोक हडताल

सुर्खेत, ३ साउन ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सीटी वसपार्कस्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन् । पीसीआर परीक्षणविना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले शुक्रबार भोक हडताल गरे ।

पीसीआर परीक्षण रिपोर्टविना घर नफर्किने भन्दै उनीहरुले शुक्रबार दिनभर खाना नखाएर भोक हडताल गरेका हुन् । भोक हडतालको क्रममा उनीहरुले व्यवस्थापन पक्षले उपलब्ध गराइएको खाना नखाएर खुला चौरमै फालिदिएका थिए । सरकारले सार्वजनिक गरेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ निर्देशिकामा कोरोना संक्रमित आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्ष्यण नदेखिएमा पुन पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था गरेको छ ।

तर उनीहरुले पुन पीसीआर परीक्षणविना घर पठाउन नपाईने भन्दै विरोध जनाएका छन् । ‘बरु महिनौ दिन आइसोलसेनमै बस्छौ । पुन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आयोभने आइसोलेसनमै ढुक्कसँग बस्न तयार छौ । तर परीक्षण नगरी घर जादैनौ’ एक संक्रमितले भने, ‘१४ दिन आइसोलेसन बसेकै भरमा कोरोनाको लक्षण छैन भन्दै घर पठाउन मिल्दैन । हामीलाई परीक्षण गरेको नेगेटिभ रिपोर्ट चाहिन्छ ।’

तपाईको प्रतिक्रिया