कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुँदै

सुर्खेत, २ साउन ।

कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुने भएको छ । कर्णालीकै श्रष्टाहरुका उकृष्ट प्रतिभालाई सम्मान गर्नका लागि कर्णालीमा पहिलो पटक कर्णाली म्यूजिक अवार्ड २०७७ को आयोजना गरिएको हो ।

कार्यक्रम, कर्णालीकै कला संस्कृतिको संरक्षण प्रर्वधन र विकासका लागि काम गरिरहेको कर्णाली कला प्रतिष्ठान नेपालको आयोजनामा हुँदैछ ।
साउनको पहिलो साताबाट सुरु हुने अवार्ड नेपालीहरुको महान पर्व दशै र तिहारको बीचमा सम्पन्न गर्ने योजना रहेको आयोजक संस्था कर्णाली कला प्रतिष्ठानको अध्यक्ष एवम यस कार्यक्रमका संयोजक बालकृष्ण सुनारले जानकारी दिए ।

कार्यक्रममा लोक संगीत, आधुनिक संगीत तथा लोक देउडा गरी तीन वटा विधा समावेश गरिएको छ । जस्मा गायक, गायिका, संगितकार, रचनाकार, मोडलमा केटा र केटी तथा भिडियो निर्देशक आठ ओटा विधालाई समावेश गरिएको छ ।

भदौ महिनाको पहिलो सातासम्म आवेदन खुल्ला गरिएको र आवेदनका लागि कुनै शुल्क तिर्न नपर्ने आयोजकले जानकारी दिएको छ । पहिलो चरण प्राप्त आवेदन अनुशार विधागत रुपमा विज्ञ टोलिले उत्कृष्ट पाँच प्रतिभा लाई छनोट गर्ने छ भने छनोट भएका पाँच प्रतिभालाई दर्शकहरुको भोटको आधारमा उत्कृष्ट प्रतिभा छनोट गरिने छ ।

पहिलो पटक म्यूजिक अवार्डको कार्यक्रम भएकाले अहिले सम्मकै सृजनाहरुलाई समावेश गरिने आयोजकको भनाई छ । आवेदन दिनकालागि सुर्खेतस्थित वुद्धपथमा रहेको संस्थाको कार्यालयमा वुझाउन सकिने छ ।

तपाईको प्रतिक्रिया