व्यवसायीहरुद्धारा भेरिगंगा नगरपालिकालाई ८ बुँदे मागपत्र

सुर्खेत, २ साउन ।

सुर्खेतको पुर्बी बेल्डमा रहेका उद्योग बाणिज्य संघ भेरीले उद्योगी व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै आज शुक्रबार भेरिगंगा नगरपालिकालाई विभिन्न ८ बुँदे मागपत्र बुझाएका छ ।

उद्योग बाणिज्य संघ भेरिले संघीय तथा स्थानिय सरकारहरुले लिदै आएको कर तथा सुल्कहरु मिनाह वा छुट गर्नुपर्ने, बैंकऋणको लकडाउन अवधिको ब्याज मिनहा गर्नुपर्ने, घरवहाल कर छुट गर्नुपर्ने लगायतका ८ बुँदे मागपत्र बुझाएको हो । कोरोना महामारीको विषम परिस्थितमा पनि बैंकहरुले ब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् ।


शुक्रबार बिहान ७ बजे देखि १० बजे सम्म सुर्खेतको पुर्बी बेल्डका सबै पसलहरु बन्द गरि उद्योगी व्यवसायीहरु सहित शान्तिपुर्ण बिरोध र्यालीसहित भेरिगङ्गा नगरपालिकाको कार्यालयमा गएका थिए । उद्योग बाणिज्य संघ ( भेरिका अध्यक्ष सोमराज ढकाल र महासचिब पुर्ण बहादुर खत्रीले भेरिगङ्गा नगरपालिकाका उप(प्रमुख रेणु आचार्यलाई ८ बुदे ज्ञापनपत्र बुझाएका हुन् ।

बन्दाबन्दी खुलेको ६ महिना पछि मात्र मु।अ।क र अन्य शुल्क बुझाउने र सो अबधिभरको कुनै अतिरिक्त जरिवाना हर्जना लिन नपाइने ब्यबस्था मिलाउनु पर्ने व्यवसायीहरुको भनाई छ । उनीहरुले सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनु पर्ने पनि बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार