सलह कर्णाली प्रदेशमा प्रवेश

सुर्खेत, २ साउन । तराईबाट नेपालमा प्रवेश गरेको सलह कर्णाली प्रदेशमा प्रवेश गरेको छ । भेरीगंगा नगरपालिकाको हर्रेबाट सुर्खेत प्रवेश गरेको सलह छिन्चु, रामघाट र दशरथपुर हुँदै शुक्रवार वीरेन्द्रनगरमा देखिएको हो ।

सलह शुक्रबार दिउँसो साढे ३ बजे वीरेन्द्रनगरमा देखिएको थियो ।

तपाईको प्रतिक्रिया