जम्काभेट

जसले राजनीति गर्न स्थायी जागिर छाडिदिए

हरेक व्यक्तिको जीवनमा अवसरसँगै चुनौती पनि आउँछन् । तर तिनै चुनौतीलाई जसले सामना गर्दै अघि बढ्छ, त्यसैले अवसरसँगै मिठो प्रतिफल पनि प्राप्त गर्छ । हरेक व्यक्तिका आआफ्नै सपना हुन्छन् । कसैका सपना पुरा हुन्छन्, त कसैका सपना अधुरै रहन्छन् । तर जीवनमा जसले सपना देखेर संघर्ष गरिरहेको छ । अवश्य उ सफल पनि भएको धेरै उदाहरण छन् । धेरैलाई पढेर सरकारी जागिर खानैपर्छ भन्ने लाग्छ । तर यहाँ सरकारी जागिर छोडेर कृषि कर्मदेखि राजनीतिमा होमीनेहरु पनि धेरै छन् । जसमध्ये एक उदाहरण पात्र हुन्, हाल साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहाल । लामो समय शिक्षक पेशामा रहेर सेवा गरेका उनले शिक्षकबाट राजीनामा दिएर पूर्णकालिन राजनीतियक यात्रा सुरु गरेका हुन् । आजको जम्काभेटसँग प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी ।

रमाइलो बाल्यकाल

तत्कालिन रतु गाविस–६ हालको वीरेन्द्रनगर–१५ मा विसं २०२८ जेठ ३ गते सोमबारका दिन मेरो जन्म भएको हो । मेरो बाल्यकाल गाउँमै वित्यो ।म घरको जेठो छोरा हुँ । हामी दुईभाई र तीन बहिनी एउटै आमाको कोखबाट जन्मिएका थियौं । म कक्षा १ देखि ३ सम्म गाउँकै रतु स्कुलमा पढेँ । बाबा कृष्णप्रसाद दहाल सोही स्कुलको शिक्षक हुनुहुन्थ्यो । म बाबासँगै स्कुल जाने आउने गथ्र्येँ । गाउँको स्कुल कक्षा ३ सम्म मात्रै भएकाले कक्षा ४ देखि ६ सम्म मावि मेहेलीमा पढेँ । रतुदेखि मेहेली जानआउन करिब ३ घण्टा बढी समय लाग्थ्यो । साथीहरुसँगै रमाइलो गर्दै स्कुल आउनेजाने काम भयो ।

कक्षा ७ देखि ९ सम्म अमरज्योति मावि नेवारे र कक्षा ९ र १० जनमाविमा पढेँ । २०४४ सालमा मैले एसएसली उतिर्ण गरेको हँु । पछि उच्च शिक्षाको क्रममा वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट वीए र कीर्तिपुरबाट एमए पास गरेको छु । भने वीएड र एमएड शिक्षा क्याम्पस सुर्खेतबाट गरँे । बाल्यकालमा खेतवारी, मेलापात गरिन्थ्यो । गोठाला जाने र बारी जोत्ने काम गरेको अहिले पनि ताजा लाग्छ । घरमा गाई, भैंसी, बाख्राहरु थिए । त्योबेला गाउँमा पाइने काफल तथाअ न्य फलफुल टिपेर वीरेन्द्रनगरमा आएर बेचिन्थ्यो । विदाको दिनमा आफैले टिपेको काफल बेचेको याद छ । मलाइ सानैदेखि पैंसा कसरी कमाएर आफ्नो खर्च आफै गर्न सकिन्छ भन्ने लाग्थ्यो । मैले त्यसरी फलफुल बचेर कमाउको पैंसाले कापी, कलम लगायत शैक्षिक सामाग्री किन्थ्येँ । बचेको पैंसाले खाजा खर्च व्यवस्थापन गरी बचत समेत गथ्र्येँ ।

घरव्यवहार धान्न विहे

घर चलाउनका लागि मैले विहे गर्नुपर्ने भयो । त्यही बेला बाबाले घर बुझ्ने र चलाउने खालको केटी खोजिदिनुभयो । उसको र हाम्रो पारिवारीक पृष्ठभुमी पनि मिलेको । बाबा, आमाले इच्छाएपछि मैले पनि विहे गर्ने निधो गरेँ । विहेपछि श्रीमतीले राम्रेसँग घर चलाएपछि मलाई पनि सहज भयो । अहिले सानैमा विहे गरेकोमा मलाई कुनै पछुतो छैन । श्रीमतीको कारण आज म यो ठाउँमा छु । मेरो हरेक संघर्षमा श्रीमतीको साथ छ । विहेपछि उनी सजिलै घरको संस्कारमा बस्न सफल भइन् ।

अध्यापनमा २७ वर्ष

१८ वर्षको उमेरमै म स्थायी जागिर खान सफल भएँ । २०४६ मा प्रावि पारेगाउँ रतुबाट स्थायी शिक्षक सेवामा प्रवेश गरेको हुँ । बाबाको पनि सोही स्कुलबाट जागिर सुरु भएको थियो । म सानोमा सोही स्कुल पढेको हुँ । स्थायी सेवामा प्रवेश गरेको २०४६ सालकै अन्तिममा जनसेवा प्रावि घुस्रामा सरुवा भएँ । १९ वर्षसम्म म अध्यापन पेशामा रहँे । जनसेवामा नौ वर्ष शिक्षक सेवापछि साढे ९ वर्ष प्रधानाध्यापक बनेँ । पुन साढे ८ वर्षसम्म श्रीकृष्ण संस्कृत उच्च मावि इत्राममा प्रधानाध्यापकको रुपमा सेवा गर्ने मौका मिल्यो । २०७३ मंसिर ९ गते ४५ वर्षको उमेरमा शिक्षक पेशाबाट राजीनामा दिएँ । करिब १५ वर्ष जागिर खाने अवधि बाँकी नै थियो । तर खुला राजनीति गर्न मैले शिक्षकबाट राजीनामा दिएँ ।

समाज सेवामा प्रेरणा

बाबा शिक्षक भएकाले शिक्षक पेशा नै गर्नुपर्छ भन्ने लाग्यो । आफन्जन सबै शिक्षक पेशामा थिए । त्यसैले लोकसेवा मार्फत अन्य पेशामा ध्यान गएन । पछि म पनि शिक्षक पेशामा आबद्ध भएर समाज सेवामा लागेँ । शिक्षक संघ सुर्खेतको जिल्ला अध्यक्ष, संघकै तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको सचिवमा चारवर्ष काम गरेको अनुभव छ । सन् १९९८ मा वीरेन्द्रनगर जेसीज सुर्खेतको अध्यक्ष भएँ । सन् २००५ मा नेपाल जेसीज राष्टिय अध्यक्षमा सर्वसम्मत र २००६ मा अन्तराष्टिय सदस्य र अष्टियाको भियानाबाट एसीया प्यासेफिकको कोडीनेटरको रुपमा पनि काम गर्ने अवसर मिल्यो । त्यसैबाट मेरो समाज सेवाप्रतिको थप भावना विकास हुदै गयो । भने आत्मविश्वास र नेतृत्व विकासको क्षमता पनि बढ्यो । शिक्षकहरु मध्येबाट नेपालमै पहिलो जेसीज अध्यक्ष हँु । म शिक्षक पेशामा रहदाँ नेपाल सरकारले शिक्षा दिवसमा उत्कृष्ट केन्द्राध्यक्ष पुरस्कार, उत्कृष्ट शिक्षक मध्यपश्चिमबाट पीपी प्रसाइँ राष्टिय पुरस्कार नगद सहित सम्मान गरेको छ । राष्टिय शिक्षा पदक तथा सम्मान पाएको छु ।

राजनीतिक यात्रा

बाबा २०३६ सालदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । म २०४५ मा नेविसंघमा आबद्ध भएँ । त्यहीबाट जसले राजनीति गर्न स्थायी जागिर छाडिदिए हरेक व्यक्तिको जीवनमा अवसरसँगै चुनौती पनि आउँछन् ।

तर तिनै चुनौतीलाई जसले सामना गर्दै अघि बढ्छ, त्यसैले अवसरसँगै मिठो प्रतिफल पनि प्राप्त गर्छ । हरेक व्यक्तिका आआफ्नै सपना हुन्छन् । कसैका सपना पुरा हुन्छन्, त कसैका सपना अधुरै रहन्छन् । तर जीवनमा जसले सपना देखेर संघर्ष गरिरहेको छ । अवश्य उ सफल पनि भएको धेरै उदाहरण छन् । धेरैलाई पढेर सरकारी जागिर खानैपर्छ भन्ने लाग्छ ।

तर यहाँ सरकारी जागिर छोडेर कृषि कर्मदेखि राजनीतिमा होमीनेहरु पनि धेरै छन् । जसमध्ये एक उदाहरण पात्र हुन्, हाल साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहाल । लामो समय शिक्षक पेशामा रहेर सेवा गरेका उनले शिक्षकबाट राजीनामा दिएर पूर्णकालिन राजनीतियक यात्रा सुरु गरेका हुन् । आजको जम्काभेटसँग प्रस्तुत छ, उनीसँग गरिएको गेहेन्द्रप्रसाद दहाल, संयोजक साझा पाटी, कर्णाली राजनीति यात्रा सुरु भएको हो ।

विद्यार्थी आन्दोलनमा र २०४७ पछि शिक्षक आन्दोलनमा सहभागी भइयो । त्यतीबेला पाटीको पनि क्रियाशिल सदस्य थिएँ । पछि २०७३ मा कांग्रेस सदस्यता परित्याग गरेँ । स्वतन्त्र रुपमा २०७४ बैशाखमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएँ । पहिलो पटक स्वतन्त्रबाट मेयर निर्वाचन लड्दा सम्मानजनक मत पनि पाइयो । पछि विवेकशिल साझा पाटीमा आबद्ध भइ २०७४ कै प्रतिनिधि सभाको लागि समानुपातीक सांसदको उम्मेदवार बनेँ । यो पाटीको कर्णाली प्रदेश संयोजक एवंम केन्द्रिय सदस्य छु । यो पाटीमा लाग्दा मलाई गौरवको अनुभुती भएको छ ।

खुसी र सन्तुष्टीका क्षण

जीवनभर चुनौती सामना गरेकै कारण आज धेरै अवसर प्राप्त गरेको छु । हरेक उपलब्धि र अवसर चुनौतीको सामना पछि नै प्राप्त हुन्छ । त्यसरी चुनौतीबाट प्राप्त गरेको उपलब्धिले पनि धेरै खुसी मिल्छ ।

घटना ः नेपाल जेसीजलाई जिताउनु र म पनि जित्नु चुनौती थियो । दलिय पद्धतिमा पनि स्थानीय तहको निर्माचनमा मैले कल्पना नगरेको मत पाउदाँ निकै खुसी भएको थिएँ । मलाई भोट दिने सबैलाई हृदयदेखि नमन गर्न चहान्छु । म जुन जुन नेतृत्वमा जहाँ बसेँ । त्यहाँ म बसेको संस्थालाइ नै जिताउदाँ म खुसी छु । यस्तै कुराले मलाई आत्म सन्तृष्टी मिलेको छ ।

अबको बाटो

अहिले म ४९ वर्षको भएँ । अझै समाज सेवाका लागि काम गर्ने इच्छा शक्ति बढेको छ । समाजका लागि केही गरौं भन्नेइच्छा शक्ति छ । सत्यको पछि लागेर न्याय र समानताका लागि निस्पक्ष रुपमा काम गर्न चाहान्छु । त्यसका लागि आवश्यक अवसर आएमा नेतृत्व गर्न तयार छु ।

 

(२०७७ साउन २ गते शुक्रबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया