व्यवसायीहरुको छिन्चुमा बिरोध प्रदर्शन

सुर्खेत, २ साउन ।

सुर्खेतको पुर्बी बेल्डका उद्योगी, व्यवसायीहरुले बैंंकहरुले ॠण बुझाँउन ताकेता गरेको भन्दै शुक्रवार बिरोध प्रदर्शन गर्ने भएका छन् । चार महिना लामो बन्दाबन्दीले व्यवसायीहरु धरासयीमा परेको समयमा बैकंले किस्ता र ब्याज बुझाँउन ताकेता गरेको व्यवासयीहरुले गुनासो गरेका छन् ।

उद्योग व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र आर्थिक क्षेत्र धराशायी भएको महिनौदिन सम्म बन्दाबन्दी भएको अवस्थमा बैंंक तथा वित्तिय सेवा र किस्ताका लागि ताकेता गर्दा व्यवसायीहरु मर्कामा परेका बन्दै बिरोध गर्न लागेका हुन् ।

उद्योग वाणिज्य संघको आयोजनामा २ गते शुक्रबार बिहान ७ बजे देखि १० बजे सम्म बजार बन्द गरि सम्पुर्ण उद्यमी, व्यावसायीको उपस्थितिमा छिन्चु बजारमा विरोध ¥यालीसहित स्थानीय सरकारलाई मागपत्र बुझाउने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया