रेडियो पलाँता आवाजमा अनिश्चितकालिन ताला

तुलराज पाण्डे

कालिकोट २ साउन ।

कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा पटक–पटक भएको पार्टी र स्थानीय सरकारबीचको झडपका कारण रेडियोमा कार्यरत ७ जना कर्मचारीहरुको जागिर गएको छ । नेकपा पलाँता र पलाँता सरकारबीच झगडा मेलमिलाप गर्न दुई पक्षीय सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार करारमा कार्यरत अन्य कर्मचारीसहित सामुदायिक रेडियो पलाँता आवाजमा कार्यरत कर्मचारीहरुको जागिर श्रावण १ गतेबाट गएको हो ।

दुई पक्षीय सम्झौता अनुसार पार्टी र स्थानीय सरकारबीच भएको कागजका अनुसार सम्पूर्ण करारमा रहेका कर्मचारीहरु हटाएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । उनले पटक–पटक पार्टी र स्थानीय सरकारबीच भएको दोहोरो झडप, मनमुटाव र पार्टीमा आस्थावान केही व्यक्तिहरुले आफूले गरेका कामकाजलाई मन नपारएर ‘अध्यक्ष बमले मनोमानी ढंगबाट स्थानीय सरकार चलाएकाले करारमा रहेका सवै कर्मचारीहरु हटाउनु पर्ने’ भनेपछी यही श्रावण १ गतेबाट पालिकामा रहेका सबै करार कर्मचारी हटाएको बताए ।नागरिकको माझमा सही सूचना सम्प्रेषण गर्ने सामुदायिक रेडियोका कर्मचारीको समेत जागिर जाँदा पलाँता आवाज रेडियो बन्द भएको छ ।

पार्टी र स्थानिय सरकारको दु्ई पक्षिय मेलमिलाप गर्दा बुदा नं ५ र ६ मा सम्पूर्ण करारमा रहेका कर्मचारी हटाई पुनः नयाँ कर्मचारीका लागि आह्वान गर्ने भनि लेखिएकाले करारमा रहेका सवै कर्मचारी हटाएको अध्यक्ष बमले बताए ।

नेकपा पलाँता अध्यक्ष इन्द्र बहादुर रोकायालाई यस विषयमा सोध्दा कर्मचारी हटाउने विषयमा कुनै पनि किसिमको लिखित, मौखिक सम्झौता नभएको बताए । यता पलाँता अध्यक्ष बमले भने बुदाँ नं ५ र ६ मा रहि कर्मचारी हटाएको बताए । यद्यपि कर्मचारी नहटाउँदा भोलिका दिनमा पुनः स्थानिय सरकारमाथि प्रश्न आउने भएकाले करार कर्मचारीहरुको रोजिरोटी खोसिएको बताए ।

बुधबारदेखि सामुदायिक रेडियो पलाँता आवाज अश्चितकालिन रुपमा ठप्प भएको छ । पलाँता आवामा कार्यरत कर्मचारी स्टशेन म्यानेजर सुमन बम, कार्यक्रम संयोजक तिलक बुढा, समाचार प्रमुख सजिप्ता बम, प्राविधिक नमराज न्यौपाने, संवाददादा धनबहादुर सार्की, सरला बम, निर्मला बम सबैको जागिर गएको छ ।गाउँपालिकाले करारमा राखेका कर्मचारीहरु रेडियोबाट बाहिर नागरिकहरुले सूचना पाउन समेत मुस्किल भएको छ ।

रेडियो बन्द भएपछि जिल्ला स्थित ५ वटा सामुदायिक रेडियोहरुका कर्मचारीहरुले खेद प्रकट गरेका छन् । नेकपा पलाँता सरकारले पालिका सरकारले आवश्यकता भन्दा बढि कर्मचारी राखेको आरोप लगाएको छ । सामुदायिक रेडियो पलाँता आवाज अव के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष बमले पलाँता सञ्चार केन्द्रलाई जिम्मा दिने बताए ।

तपाईको प्रतिक्रिया