सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने

काठमाण्डौं, १ साउन ।

सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिएका छन् ।

त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उनको भनाई छ । यो वर्ष कोरोना महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने सरकारले जनाएको हो ।

(उज्यालो अनलाइनबाट साभार)

तपाईको प्रतिक्रिया