स्यार्पुतालामा डुङ्गा दुर्घटना

प्रचण्ड खत्री ।
रुकुम पश्चिम, १ साउन ।

रुकुम पश्चिमको रमणीय स्यार्पुतालमा आज (विहीवार) डुङ्गा दुर्घटना भएको छ । बाफिकोट गाउपालिकाको वडा नम्बर ३ र ४ को बीचमा पर्ने स्यार्पुतालामा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बाफिकोटले जनाएको छ । स्यार्पुताल हेर्न आएका स्थानीयहरु चढेको डुङ्गा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बाफिकोटका ईन्चार्ज कर्ण बहादुर नेपालीले जानकारी दिए ।

स्थानीय स्यार्पुताल कृषि सहकारी संथाले संचालनमा ल्याएको डुङ्गा डुबेर बेपत्ता भएको छ भने डुंगामा सवार २६ जनाको उद्दार गरियको प्रहरी ईन्चार्ज नेपालिले बताए । साउने सक्राती मनाउन गएका सवार रहेको डुङ्गा दुर्घटना भएको वडा नम्बर ५ का वडा अध्यक्ष कस्तुप प्रकाश दाहालले बताए । दहको छेउमा मान्छे निस्कदै गर्दा दुर्घटना र अहिले सम्म मानबिय दुर्घटना नभएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया