कालिकोट, १ साउन ।
डा गोविन्द केसी कालिकोट पुगेका छन् । हाडजोर्नीका विरामीलाई निशुल्क सेवा दिन डा केसी कालिकोट पुगेका हुन् । उनी अछामबाट पैदल हिंडेर बुधबार दैलेखको आठबिसकोट नगरपालिका–४ मा बास बसी विहीवार कालिकोट पुगेका हुन् ।
डा.केसी कालिकोट पुगेर होटेलमा बसेका छन् । कालिकोटमा उनी लामो समय बस्ने र त्यहाँ हाडजोर्नीका बिरामीको उपचारमा संग्लन रहने कार्यक्रम छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले डा केसी आएको बारे केही थाहा नभएको बताए ।
युग संवाददाता । । १ श्रावण २०७७, बिहीबार १६:३३