तुलराज पाण्डे
कालीकोट, १ साउन ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कालिकोटले जिल्ला प्रहरी कार्यालयलाई एक हजार पिस माक्स वितरण गरेको छ। कालिकोट जिल्ला प्रहरी कार्यालय र बजारमा माक्स नलगाएर हिड्डुल गर्ने सबै लाई अनेरास्ववियुले निशुल्क केएन ९५ माक्स वितरण गरेको हो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य भिम प्रसाद आचार्यको नेतृत्वमा माक्स वितरण गरिएको हो । नेपाली हरुको चाडपर्व अर्थात साउने सङ्क्राति तथा लोक संस्कृति देउडा पर्वको अवसर पारेर विहीवार माक्स वितरण गरेका हुन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कालिकोट जिल्ला संयोजक मनसिहं शाही , अनेरास्ववियु कालिकोट जिल्ला सचिवालय सदस्य अमित शाहि (मिलन), हिक्मत सिहं ,लगायत अनेरास्ववियुको सिङ्गो टिमको तर्फबाट र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी उपरीक्षक यज्ञराज जैशीलाई माक्स हस्तान्तरण गरेका हुन् ।
माक्स ग्रहण गर्दै प्रहरी उपरीक्षक यज्ञराज जैशीले कालिकोट जिल्लामा क्रियाशिल राजनितीक दलका भातृसंगठनबाट यस्तै सहयोग र साथ मिलिरहेकोमा अनेरास्ववियु कालिकोटलाई धन्यवाद समेत दिएका छन् ।अनेरास्ववियु कालिकोटले कोरना भाइरस विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको संयोजक मनसिहं शाहीले बताए ।
युग संवाददाता । । १ श्रावण २०७७, बिहीबार १०:५३