सुर्खेतका व्यवसायीहरुको आन्दोलन स्थगित

सुर्खेत, ३१ असार ।

बैंकहरुले ब्याज मिनाहा गर्नुपर्ने, घरभाडा छुट गर्नुपर्ने लगायतको माग राख्दै आन्दोलित भएका सुर्खेतका व्यवसायीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । संघीय सरकारले मौद्रिक नीतिमा व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । सरकारले मौद्रित नीति साउनको पहिलो हप्ता ल्याउँदैछ ।

संयुक्त संर्घष समितिका संयोजक गणेश बस्नेतले संघीय सरकारले व्यवसायीहरुको मागलाई मौद्रिक नीतिमा समावेश गर्ने भनेपछि आन्दोलन स्थगित गरेको जानकारी दिए । संयोजक बस्नेतले सरकारले उद्योगी व्यवसायीहरुको माग मौद्रिक नीतिमा समावेश नभए कडा आन्दोलनमा जाने बताएका छन् । व्यवसायीहरुको माग सम्बोधन नभए कर्णाली प्रदेशका व्यवसायी मात्र नभई देशभरका व्यवसायीहरु आन्दोलनमा उत्रिने उनको भनाई छ ।

यसअघि व्यवसायीहरुले आन्दोलनको नेपाल राष्ट्र बैंक र मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई २७ बुँदे मागपत्र बझाएका थिए । व्यवसायीहरुले लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया