राजीको उपचारमा समाजसेवी हमालद्धारा सहयोग

सुर्खेत, ३१ असार ।

ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट पीडित सुर्खेत पञ्चपुरीका एक बालकको उपचारमा युवा समाजसेवी निशा हमालका विभिन्न ग्रुपबाट आर्थिक सहयोग भएको छ । आर्थिक अवस्था कमजोर भएका चाम्रीका १५ वर्षीय चन्द्र बहादुर राजीको उपचारमा वीरेन्द्रनगर २ का युवा समाजसेवी हमाल लगायतको टिमले नगद ३१ हजार ५ रुपयाँ सहयोग गरेको हो ।

युवा समाजसेवी हमाल लगायतको टिम अनलाइन फेमिना ग्रुपबाट नगद ५ हजार, सिस्टर जोन मार्फत ५ हजार, आफन्त, टोलविकास समुह लगायतबाट २१ हजार ५ रुपयाँ सहयोगका लागि आग्रह गरेको समाजसेवी हमालले बताइन् ।

केही दिनदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा १५ बर्षिय राजीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको समाचारहरु प्रकाशन तथा प्रसारित भएका थिए । अनलाइन फेमिना ग्रुपका सञ्चालक हमाल लगायतको टिमले बालकको सिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

राजीको दुवै खुट्टा हड्डी पाक्ने रोगबाट ग्रहित भएको र उपचारमा आर्थिक अभाव भएका कारण करिब ३ हप्तादेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसियुमा भर्ना भएका छन् । दुबै खुट्टा पाकेको अवस्थामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड, अप्रेशन, तथा खानाको व्यवस्था अस्पतालले नै गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको भनाई छ ।
राजीको उपचारमा सहयोगी मनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ मा सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया