कर्णालीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी

सुर्खेत, ३१ असार ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १४ जना, दैलेखका ३ जना, जुम्ला, अछामका १ र सल्यानका १ जना गरी २१ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३ जना कोरोना संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाँशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।

योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय १४ पुगेको छ । कर्णालीमा बुधवार १३ जना कोरोना मुक्त भएका छन् । दैलेख अस्पतालबाट ४ जना, दैलेखको नौमुले गाँपालिकाको आइसोलेसनबाट ३ जना, कालिकोटको सान्नी त्रिवेणी गाँउपालिका शंकर माध्यमिक विद्यालय सेरीज्युला आइसोलेसनमसा ४ जना, कालिकोटको पलाँता गाँउपालिकाको आइसोलेसनबाट १ जना र जुम्लाबाट १ जना डिष्चार्ज भएको डा.तिवारीको भनाई छ ।

हाल कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार ४ सय ७५ पुगे संगै संक्रिय संक्रमितको संख्या २ सय ३३ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया