हाम्रो सरकार

कृषि र पशुपालनबाट युवालाई रोजगारी

सुर्खेतको लेकबेशी नगरपालिकाले विकास निर्माणका गतिविधिलाई तीव्रता दिएको छ । १० वटा वडा रहेको यस नगरपालिकामा कृषि तथा पशुपालनको सम्भावना छ । तर कृषिका लागि सिँचाइ समस्या छ । भौगोलिक कठिनाइ र स्रोत साधनको अभावले यहाँको विकासमा चुनौती थपिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायत समग्र क्षेत्रको विकासका लागि नगरपालिका लागि परेको नगर उपप्रमुख शान्तिकुमारी छन्तेलले बताइन् । अन्य व्यवसाय तथा रोजगारीको तुलनामा सबै नगरवासीका लागि आत्मर्निभरको विकल्प कृषि र पशुपालन रहेको उनको भनाइ छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी सारांशः

कोरोना रोकथामका लागि कसरी काम भइरहेको छ ?

हामीले समुदायमा सचेतनाका कार्यक्रम गरेका छौं । बाह्य जिल्ला तथा देशबाट नगरपालिकामा भित्रिनेलाई क्वारेन्टाइन राख्दै आएका छौं । अहिले यो संख्या पनि कम हुँदै गएको छ । बाहिरबाट आउनेको संख्या घटेपछि अहिले लगभग २०÷२२ जना मात्रै क्वारेन्टाइनमा छन् । कोरोना संक्रमण घटेपछि यहाँका आइसोलेसन पनि रित्तिदै गएका छन् ।व्यवस्थापनमा खासै समस्या छैन । क्वारेन्टाइन व्यवस्थापनदेखि विभिन्न कुरामा आर्थिक पारदर्शीताबारे कहाँ, के कसरी खर्च भयो ? त्यसको एकिन बिल भर्पाइ राखिएको होला । महामारी नियन्त्रण रोकथाममा हामी सक्रिय छौं ।

नयाँ बजेटमा नगरपालिकाले कस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको छ ?

आर्थिक वर्ष ०७७÷०७८ का लागि नयाँ बजेट तथा नीति कार्यक्रम ल्याएका छौं । यसमा विद्यमान परिवेश अनुसारका कार्यक्रमले प्राथमिकता पाएका छन् । अहिलेको परिवेशमा आधारित प्रदेश र संघको बजेट तथा नीति कार्यक्रम अनुसार नै हामीले पनि बजेट ल्याएका हांै । बजेटमा नागरिकका मागका आधारमा कार्यक्रम समेटिएका छन् । विशेषगरी कोरोना महामारी रोकथाम र खाद्य संकटको अन्त्य गर्ने । रोजगारी सृर्जना गर्ने, स्वास्थ्य, शिक्षा, खानेपानी लगाएतका क्षेत्रमा पनि बजेट छुट्याएका छांै ।

असारे विकास चटारो कत्तिको छ नी ?

यसवर्ष कोरोना भाइरसका कारण पनि विकासका काम धकेलिँदा असारमै गर्नुपर्ने बाध्यता भयो । स्थानीय तहदेखि प्रदेश र संघका अधिकांश योजना निर्माणको काम असारमै भयो । यसअघि कतिपय योजना सम्झौतामा ढिलाइ भएपछि असारमै काम थाल्नुपर्ने स्थिति पनि आयो । कतिपय अग्रिम सम्झौता भएका योजनाको काम पनि असारमै थालियो । यसरी हतारमा गरिएको असारे विकासले दिगो विकासमा ठेस पुग्छ । ठेकेदारको लापारवाहीले योजनाको काम नभए वा अनियमितता भएमा कारवाही गर्न सजिलो छ । तर उपभोक्ता समितिलाई कारवाही गर्न सकिदैन । फुर्सदमा बस्ने असारमै हतारमा काम गर्ने सोच परिवर्तन हुन सकेको छैन । अबका दिनमा भने काम गर्ने शैली परिवर्तन गर्न जरुरी छ ।

प्रदेश देश र संघका योजनामा कसरी समन्वय भइरहेको छ ?

पहिलेको तुलनामा अहिले समन्वय हुन थालेको छ । तर कतिपय आयोजनाको बजेट, कार्यक्रमबारे जानकारी नै नदिइ काम गर्ने चलन हटेको छैन । प्रदेश र संघले दिएका योजनाबारे समयमै जानकारी हुँदैन । किनकी जानकारी भयो भने कतिखेर प्राविधिक खटाउने, अनुगमन गर्ने भन्ने तयारी हुन्थ्यो । तर एक्कासी तपाइँहरु अनुगमन गरिदिनुहोस्, प्राविधिक पठाइ दिनुहोस् भन्ने खबर आउँछ । प्रदेश सरकारका योजनामा सुचना निकै ढिलो आउँछ । समन्वय भए पनि प्रभावकारी चाँही छैन । आगामी दिनमा यतीले मात्रै नपुग्ने भएकाले समन्वय अँझै प्रभावकारी हुनुपर्छ । यसमा हामीले पनि चासो बढाएका छौं ।

तपाइँ निर्वाचित भएपछि नगर विकासमा आएको परिवर्तन के के छन् ?

पहिले म आफैले पनि निर्वाचित हाम्रो सरकार सुर्खेतको लेकबेशी नगरपालिकाले विकास निर्माणका गतिविधिलाई तीव्रता दिएको छ । १० वटा वडा रहेको यस नगरपालिकामा कृषि तथा पशुपालनको सम्भावना छ । तर कृषिका लागि सिँचाइ समस्या छ । भौगोलिक कठिनाइ र स्रोत साधनको अभावले यहाँको विकासमा चुनौती थपिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायत समग्र क्षेत्रको विकासका लागि नगरपालिका लागि परेको नगर उपप्रमुख शान्तिकुमारी छन्तेलले बताइन् ।

शान्तिकुमारी छन्तेल उपप्रमुख लेकवेशी नगरपालिका, सुर्खेत कृषि र पशुपालनबाट युवालाई रोजगारी भएपछि धेरै काम गर्न सकिन्छ होला भन्ने सोचेकी थिएँ । ऐन, कानून, बजेट, भौगोलिक कठिनाइ लगाएतको समस्याले विकासमा चुनौती छ । तर सोचेनुसार काम नभए पनि परिवर्तन चाँही धेरै भएको छ । म निर्वाचित हुनुपुर्व शिक्षा क्षेत्रमा दरबन्दी न्यून थिए । पढाइको अवस्था राम्रो थिएन । अहिले कम्तिमा पनि विद्यालय व्यवस्थापन समिति सक्रिय भएका छन् । स्वास्थ्यका क्षेत्रमा पनि हिजोकोभन्दा अहिले धेरै फरक छ । नागरिकले व्यवसायिक तरकारी, फलफुल खेती गरेर जिविकोपार्जन गर्न सिकेका छन् ।

सँधै कामका लागि कालापहाड जान हुन्न भन्ने नागरिकको सोच परिवर्तन भएको छ । जे होस् हरेक क्षेत्रमा पहिलेको भन्दा विस्तारै परिवर्तन आउँदैछ । पहिले प्रत्येक वडामा जाने सडक थिएन । अहिले प्रत्येक वडा कार्यालयसम्म पुग्ने गरी सडक विस्तार गरेका छौ । अब यसलाई पिच तथा स्तोरोन्नत्ती गरिनेछ । बर्षातले कच्चि सडकमा गाडी चल्न सक्दैनन् । यसलाई विस्तारै सुधार्दै लैजान्छौ । यस्तै विद्युतको समस्या समाधानका लागि पहल भइरहेको छ ।

युवालाई गाउँमै स्वरोजगार बनाउने योजना के छन् ?

कोरोनाका कारण यसवर्ष भारत तथा तेस्रो मुलुकबाट रोजगारी गुमाएर गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको छ । बेरोजगारी संख्या घटाउन सीप र क्षमता अनुसारको सबैलाइ स्वरोजगारका कार्यक्रम चाहिएका छन् । हरेक क्षेत्रगत रुपमा फरकफरक आवश्यकता र माग होला । त्यसलाई पहिचान गरी रोजगारीका कार्यक्रम सञ्चालन गरिने छन् । विषेशगरी बेरोजगार संख्या घटाउन कृषि र पशुपालनमा युवा पुस्तालाई व्यवसायिक बनाउने योजना छ । ठाउँ अनुसार फरकफरक अन्न तथा फलफुल खेती र पशुपालन व्यवसाय गरी बेरोजगारी संख्या घटाउने रणनीति लिएका छौं । अब कृषि खेती जीविकोपार्जन लागि लागि मात्रै नभइ व्यवसायिक बनाउन जरुरी छ । हामी लागि परेका छौ । काम गर्दै जाउँ । समस्या समाधान हुदै जान्छ ।

अन्त्यमा, केही भन्नु छ ?

म निर्वाचित भएर आईसकेपछि देखाउन मिल्ने उपलब्धहरु पनि धेरै भएका छन् । नगरपालिकाले विकासमा फड्को मार्दै छ । १० वटै वडामा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । खाद्य सुरक्षालाइ मध्यनजर गरी पोषणका कार्यक्रमलाई जोड दिएका छौं । स्वास्थ्य र शिक्षाको क्षेत्रमा दरबन्दी अभाव पुर्ती हुँदैछन् ।

जनप्रतिनिधिबिच पनि मनमुटाब छैन । कर्मचारीहरु कर्तव्यनिष्ट भएर काम गरेका छन् । नागरिकको अपेक्षा अनुसार विकासका काम हुन नसकेका होलान् । तर हामी निरन्तर लागि परेका छन् । नागरिकले पनि साथ दिनुपर्छ । तरकारी, फलफुल, मासु र दुधमा आत्मर्निभर बनेजस्तै कृषिमा पनि आत्मर्निभर बन्दै छौ । अबको विकल्प भनेकै बेरोजगारी संख्या घटाउन कृषि र पशुपालन व्यवसाय अपनाउनु पर्ने देखिन्छ ।

(२०७७ असार ३१ गते बुधबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया