वीरेन्द्रनगरका तीन जना कर्मचारीलाई कोरोना

सुर्खेत, ३१ असार ।

वीरेन्द्रनगर नगरपालिकाका तीन जना कर्मचारी पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा तीन जनाको कोरोना संक्रमण पुष्टि भएको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन ।

आर्थिक मसान्तमा निकै भिड हुने शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि हप्तादिनसम्म उनीहरु कार्यरत शाखा बन्द गरिएको छ । यसअघि पनि वीरेन्द्रनगरकै एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नगरपालिकाका कुल चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मंगलबार वीरेन्द्रनगरका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेको सामाजिका विकास मन्त्रालयका अनुसार नगरपालिका वडा नं। ८, १२, एक÷एक जना वडा नं। १० मा दुइ जना छन् । पछिल्लो २४ घण्टामा वीरेन्द्रनगरका चार जनासहित कर्णालीमा २७ जना नयाँ संक्रमण थपिएका छन् । जसमध्ये सुर्खेतको भेरी गंगा नगरपालिका वडा नं। ४ मा तीन जना, वडा नं। ५ मा दुइ जना, वडा नं। ८, ११, १३ का एक÷एक जना, लेखबेशी नगरपालिका वडा नं। ३ र बराहताल गाउँपालिका वडा नं। ५ मा एक÷एक जना छन् ।

त्यस्तै जुम्लाको पातारासी गाउँपालिका वडा नं। ६,चन्द्रननाथ नगरपालिका वडा नं। १, ५, सिंजा गाउँपालिका वडा नं। ३, हिमा गाउँपालिका वडा नं। १, जाजरकोटको छेडागाड नगरपालिका वडा नं। ५ र काठमाडौं महानगरपालिका वडा नं। १६ का एक÷एक जना छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं। १, नारायण नगरपालिका वडा नं।। ४, दुल्लु नगरपालिका वडा नं। ३, वडा नं। ४ र वडा नं ८ एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मंगलबार नै कर्णाली प्रदेशका विभिन्न आइसोलेनबाट सात जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जनाए । प्रतिशत, स्थानीय बासिन्दा र अनुभवलाई मुख्य आधार बनाइएको थियो । तर नगरपालिकाले नर्सिङ उर्तिण नै नगरेका उम्मेदवारलाई मौखिक परीक्षामा छनौट गरेको पाइएको छ ।

यद्यपी रातारात कागजपत्र नपुगेको भन्दै उनीहरुलाई अन्तरवार्ता दिनबाट बञ्चित गरिएको थियो । नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले भने कर्मचारीको मिलेमतोमा नर्स छनौट गरिएको आरोपलाई अस्वीकार गरे । तर छनौटमा नपरेका उम्मेदवाहरुले भने सुवेदीले नै हस्ताक्षर गरेको पत्रमा सुरुमा ४३ जना उम्मेदवारको नाम मौखिक परीक्षाका लागि छनौट गरिएको र उनकै मिलेमतोमा कम अंक प्राप्त गरेका र नेपाल नर्सिङ परिषद्बाट प्राप्त प्रमाणपत्रको म्याद सकिएर नविकरण नभएकाहरु पनि मौखिक परीक्षाका लागि छनौट गरिएको दाबी गरेका छन् ।

यसैबीच नगरपालिकाले सिफारिस गरेकाहरुमा समावेशी सिद्धान्तलाई लत्याइएको, दलितको प्रतिनिधित्व नभएको र हचुवाको भरमा छनौट गरिएको भन्दै दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् । साथै उनीहरुले तत्काल यसलाई सच्याउन माग गरेका छन् ।

सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेशसभामा विपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाइ कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सांसद शाहीको सम्पर्कमा आएका एक सय ६० जना बढीको पीपीआर परीक्षण गरिने भएको छ । वीरेन्द्रनगरको आइसोलेसनमा रहेका उनलाई कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन ।

तपाईको प्रतिक्रिया