रानिघाटमा नव निर्मित प्रहरी चौकीको भवन उद्घाटन

सुर्खेत, ३० असार ।

सुर्खेतको रानिघाटमा नव निर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले मंगलवार प्रहरी चौकी भवन उद्घाटन गरेका हुन् ।

महानिरीक्षक पन्तले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवन स्थानीय बासीकै सम्पत्ती भएको भन्दै त्यसलाई आवश्यक मर्मत सम्भार गर्न आग्रह गरेका थिए । उनले अपुग जनशक्तिलाई छिट्टै ब्यबस्थापन गरिने बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ट उपरीक्षक राजेशनाथ बास्तोला धन्यवाद दिएका थिए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र बराहाताल गाउँपालिका वडा नं.२ का अध्यक्ष यौवराज कार्कीले समेत आ–आफ्नो भनाई राखेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए ।

युएन–ओपीएस ईन्जिनिीयर अनुज पाण्डेले भवन निर्माण सम्बन्धी प्रतिबेदन पेश गरेका थिए । उक्त कार्यक्रमको संचालक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझिले गरेका थिए । युएन–ओपीएसको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो । उक्त भवन निमार्णमा दुई करोड ८२ लाख रुयैयाँ खर्च भएको छ ।

तपाईको प्रतिक्रिया