सुर्खेत, ३० असार ।
कर्णाली प्रदेशमा मंगलवार २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १४ जना, जुम्लाका २, जाजरकोटका १ जना र काठमाडौंका १ जनामा संक्रमण देखिएको हो ।
कर्णाली स्वास्थ्य वित्रान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा जुम्लाका ४ जना र अस्पताल दैलेखमा गरिएको परिक्षणमा दैलेखका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ६ सय ९० जना पुगेको छ ।
त्यस्तै, मंगलवार ७ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, डोल्पा अस्पतालबाट २ जना र गुराँस आइसोलेसन सेन्टर दैलेखबाट १ जना संक्रमणमुक्त भइ घर फर्किएको डा. तिवारीको भनाई छ । यो संगै निको भइ घर फर्किनेको संख्या एक हजार ४ सय ६२ पुगेको छ ।
कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय २२ रहेको छ । उनीहरुको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णालीमा ६ जनाको मृत्यु भइसकेको छ ।
युग संवाददाता । । ३० असार २०७७, मंगलवार १६:५०