सुर्खेत, ३० असार ।
कर्णाली प्रदेश सरकारले साउन एक गते सार्वजनिक विदा दिने भएको छ । २०७७ जेठ १२ गते बसेको मन्त्री परिषदको बैठकले साउन एक गते विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले साउन एक गते साउने संक्राति तथा देउडा पर्वको अवसरमा विदा दिइने निर्णय भएको बताए ।
युग संवाददाता । । ३० असार २०७७, मंगलवार १५:३६