बजारमा सोलार बत्ती जडान

दुर्गा विसी

सल्यान, ३० असार ।

सल्यान पश्चिमको व्यापारीक केन्द्र सल्लिबजारमा सोलार बत्ती जडान गरिएको छ । सल्लिवजारसँगै देवस्थल, वालुवासँग्रही बजारमा सोलार बत्तीसँगै सिसि क्यामरा जडान कार्य सम्पन्न भएको छ ।

शिवशक्ति प्रिज्म निर्माण सेवाले १० लाख मूल्य लागतमा ठेक्का पाई काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रमोद खड्काले जानकारी दिए । रात्रीकालिन रुपमा बजारका विभिन्न स्थानमा नागरिकलाई सहजताका लागि सोलार बत्तीसँगै सिसि क्यामरा जडानको लागि बनगाड कुपिण्डे नगरपालिकाले बजेट विनियोजन गरेको बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले बताए ।

बजारमा बत्ती नहुदा रातमा अन्धकार हुने र केही काम पर्दा हिडुलमा समेत असहजता हुने भएकोले सिसि क्यामरासँगै वत्ति जडान गरेको जनाएको छ । विभिन्न स्थानमा १० वटा पोल ६ वटा सल्लिवजार, २ वटा देवस्थल र २ वटा वालुवासँग्रहीमा जडान गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिए । सोलार बत्तीसँगै सिसि क्यामरा राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया