क्याम्पस प्रमुख खनालद्धारा पदभार ग्रहण

सुर्खेत, २९ असार ।

नवनियुक्त क्याम्पस प्रमुख माधव प्रसाद खनालले सोमवार पदभार ग्रहण गरेका छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा) का नवनियुक्त क्याम्पस प्रमुख खनालले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख खनालले आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हवको रुपमा निर्माण गर्न शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले सूचना प्रविधिको रुपमा शैक्षिक विकास गर्न समेत प्रविधिमैत्री क्याम्पस निर्माण गरिने बताए ।



क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा कुनै कसूर बाँकी राखिने छैन’ प्रमुख खनालले भने, ‘त्यसका लागि निरन्तर प्रयास गर्ने छु । साथै यस क्याम्पसलाई शिक्षा संकायमा मात्र सिमीत नराखी बहुमुखी क्याम्पस संचालनका लागि विशेष पहल गर्नेछु ।’ पदभार ग्रहण कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो

तपाईको प्रतिक्रिया