कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी

सुर्खेत, २९ असार ।

कर्णाली प्रदेशमा थप ४७ जना कोरोना संक्रमित थपिएका छन् भने ४७ जना डिष्चार्ज भएका छन् । पाँच जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

त्यस्तै, कर्णालीमा ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् । आठबीस आइसोलेसन सेन्टर दैलेखबाट १ जना, सल्यान अस्पतालबाट ३४ जना र वीरेन्द्रनगर आइसोलेसन सेन्टरबाट १२ जना कोरोनामुक्त भई घर फर्किको डा. तिवारीको भनाई छ । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ४ सय ५५ पुगेको छ ।

कर्णालीमा २ सय २ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया