सुर्खेत, २९ असार ।
खानेपानी मन्त्री विना मगरले जाजरकोटका ६ जना टुहुरा बालबालिकालाई पढाइका लागि सहयोग वितरण गरेकी छिन् । प्रकाश दाहाल प्रतिष्ठान काठमाडौंको आर्थिक सहयोग र जयचन्द्र मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित कुशेमालिका अनलाइनको समन्वयमा जाजरकोट खलंगाको स्यालामा मज्दुरी गर्ने ६ जना अति विपन्न दलित बालबालिकालाई विद्यालय पोषाक, भर्ना शुल्क, विभिन्न खाद्य सामाग्री, किताव बोक्ने झोला, स्वीटरहरु, कापी, कलम, किताव लगायतका शैक्षिक सामाग्रीहरु र नगद ६ हजार गरिएको सहयोग हो ।
कुशेमालिका अनलाइनको सदरमुकाम खलंगा ठाँटीवजार पुराना साँझा स्थित कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु जिल्ला समन्व्य समिति जाजरकोटका प्रमुख मनवहादुर रावलले ती वालवालिकाहरुलाइ वितरण गरेका हुन् ।
सत्तारुढ नेकपाका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा स्वर्गिय प्रकाश दाहालको नाममा स्थापना भएको प्रकाश दाहाल प्रतिष्ठानको तर्फवाट प्रकाशकी श्रीमती तथा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले ६० हजार बराबरको उक्त सहयोग गरेकी हुन् ।
नगरपालिका वडा नम्वर ६ गंगटिया घर भइ खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा १० मा पढ्ने सुरज विक, कक्षा ९ मा पढ्ने सुनीता विक, कक्षा ६मा पढ्ने अनिता विक, र गीता विक, हनुमान प्राथमिक विद्यालय थाप्लेको कक्षा ५ मा पढ्ने ममता विक र नरज्योती प्राथमिक विद्यालय कल्याणपुर स्यालाको कक्षा २ मा पढ्ने दिपक विकलाई सहयोग गरिएको हो । जिल्ला स्थित केहि पत्रकारहरुको उपस्थितिमा समन्वय प्रमुख रावलले ती वालवालिकालाई १ सय २५ केजी चामल, २० पोका तेल, १० केजी दाल, १० पोका नुन, जुत्ता, चार जनाको भर्ना शुल्क लगायतका सामाग्रीहरु वितरण गरिएको कुशेमालिका अनलाइनले जनाएको छ ।
वुवा वीरवहादुर विकको मज्दुरीका क्रममा चार वर्ष अघि भारतमा दुर्घनामा परि मृत्यु भएपछि आमा निर्मला विकको साथमा कष्टपुर्ण जीवन विताउदै विद्यालयको पढाइ छोड्न वाध्य भएका ती वालवालिकाको समस्या वारे गत चैत्रमा कुशेमालिका अनलाइनमा समाचार छापिएको थियो । चैत्र महिनामा भर्ना शुल्क नहुदा पढाइ छोडेका दलित वालवािलकाहरु भन्ने शिर्षकको समाचार कुशेमालिका अनलाइनमा प्रकासित भएपछि खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले ती वालवालिकाहरुको एक वर्षको पढाइ खर्च वेहोर्ने वाचा गरेकी थिइन् । गत चैत्र महिनामै उक्त सहयोग हस्तान्तरण गर्ने भनिएपनि मुलुकमा कोरोना भाइरस कोभिड १९ रोक्न जारी लक डाउनका कारण कार्यक्रम स्थगित भएको थियो ।
जाजरकोटका अति विपन्न दलित वालवालिकाहरुलाइ पढाइ तथा जीवीका चलाउन सहयोग गरेको भन्दै समन्वय प्रमुख रावलले प्रकाश दाहाल प्रतिष्ठान र खानेपानी मन्त्री विना मगरलाइ धन्यवाद दिए ।
देश र समाजको भविस्य बोकेका बालबालिकाहरुका लागि सबैले लगानी र योगदान गर्नु पर्ने मन्त्री मगरले बताइन् । सामाजिक कुरिती, विपन्नता र गरिवीका विरुद्ध लड्ने युवा जोस र चेतनालाइ आफुले सधै सदुपयोग गर्ने मन्त्री मगरले बताइन् ।
युग संवाददाता । । २९ असार २०७७, सोमबार ०७:५८