हिरासतका एक पुरुषमा कोरोना संक्रमण पुष्टी

सुर्खेत, २८ असार ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिम देखिएको बताए ।

जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको एसपी भट्टले जानकारी दिए । उनले पीडकको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए ।

पीडित र पीडकको सम्पर्कमा रहेका २३ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइएको एसपी भट्टले जानकारी दिए ।
एसपी भट्टका अनुसार वीरेन्द्रनगरका ३६ वर्षीय ती पुरुषले श्रीमान् विदेशमा रहेको मौकामा हाडनाता पर्ने एक महिलालाई करणाी गरेका थिए । बलात्कार आरोपीको बयान सकिएको र अदालतमा मुद्दा दर्ताको प्रकियामा रहेको छ ।

ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनलाई बसपार्कस्थित आसोलेसनमा राखिएको एसपी भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया