यार्सा टिप्न नपाएका डोल्पालीलाई सलहको सास्ती

रामचन्द्र न्यौपाने
डोल्पा, २७ असार ।
हिमाली जिल्ला डोल्पामा पनि सहल किराको बथान पुगेको छ । छिमेकी जिल्ला रुकुम जाजरकोटमा पर्ने सिमावर्ती क्षेत्रमा पुगेको केही दिनमै डोल्पामा पनि सलहको बथाननै आइपुगेको हो । जिल्लाका मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका सलह देखिएको छ । उपल्लो डोल्पामा भने सलह किरा नदेखिएको बताइएको छ ।

सलहले डोल्पामा मकै र आलु बारीमा क्षति पुरयाएको कृषकहरुले गुनासो गरेकाछन् । तल्लो भेगमा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा सबैभन्दा धेरै सलह किराको बथान देखिएकाले क्षति पनि धेरै पुरयाएको स्थानीयले बताए । भदौ महिनामा पाक्नेगरि रोपिएका मकै बारीमै पुगेर सखाप पार्न थालेपछि कृषक चिन्तित भएका छन् ।

सुरुसुरुमा फाट्फुट देखिएपनि सहल बिहीबार बिहानैदेखि ठुलो झुण्डमा आलु र मकै बारीमा पसेर सबै खाएपछि कृषहरु चिन्तित भएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशबराज जैसीले जानकारी दिए ।  हजारौँको सङ्ख्यामा आएका सलहलाई भाँडाकुँडी बजाएर भगाउन खोज्ना समेत नगएको कृषकहरुको कृषकहरुले दुखेसो पोखे । अहिले जगदुल्ला र मुड्केचुलाका कृषहरु बारीमै बसेर सलह किरा धपाउनै ठिक्कछन् ।


सलह किराले जगदुल्ला गाउँपालिकाका बिभिन्न क्षेत्रमा लगाइएको मकै र आलु बारीमा फिँजियर बारीनै सखाप पारेको कर्णाली प्रदेश सभा सांसद बिरबहादुर शाहीले जानकारी दिए । देश महामारी सँग जुधिरहेका बेला सलहले डोल्पामा लगाइएको बालीनाली नष्ट पारेकाले प्रदेश सरकारले क्षतिपुर्तिको ब्यवस्था गर्नुपर्ने उनको धारणा छ । “यस बर्ष डोल्पालीले यार्सागुम्बा पनि टिप्न पाएनन्,यसैपनि कसरी एकबर्ष भोरी आइपर्ने समस्या टार्ने भन्ने चिन्ता छ,त्यसमा पनि सलहले बालीनाली खाइदिँदा डोल्पाली कृषक मारमा परेकाछन्”शाहीले भने ।

यता कृषि बिकास कार्यालयले सलह भगाउने खास उपाय नभएकाले थाल बजाउने भगाउने यदि नगए छापेर मार्ने गर्न कृषकलाई सुझाएको छ । डोल्पाका सलहको प्रकोप र क्षतिका बिषयमा प्रदेश सरकारलाई निरन्तर जानकारी गराइरहेको कृषि बिकास कार्यालय प्रमुख भिमबहादुर धरालाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार