मानव अधिकार रक्षकलाई तालिम

सुर्खेत २६ असार ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत मानव अधिकारको वकालतका बारेमा मानव अधिकार रक्षकहरुलाई शुक्रवार तालिम प्रदान गरेको छ । वीरेन्द्रनगरपालिकाको मानव अधिकारको सुदृढिकरणमा टेवा पु¥याउने र मानव अधिकार रक्षकहरुलाई मानव अधिकारका सवाल तथा वकालतका बारेमा सचेत बनाउने उद्देश्यले मानव अधिकार रक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले सबैको सहकार्य तथा समन्वयमा मात्र समग्र मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्न सकिने बताए । नागरिक संघसंस्था, अधिकारकर्मी र मानव अधिकार रक्षकहरुको संयुक्त पहलमा मानव अधिकारको प्रत्याभुतिका लागि सरोकारवालाई जवाफदेही बनाउन सकिने संयोजक सुवेदीले उल्लेख गरे ।

जिल्लाका २३ जना मानव अधिकार रक्षकहरुको सहभागिता रहेको तालिमको अधिकारकर्मी सुशिल चौधरीले सहजीकरण तथा कार्यक्रमको सञ्चालन इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोम चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया