सात जनाको मृत्यु, पाँच जना वेपत्ता

जाजरकोट, २६ असार ।

जाजरकोटको बारेकोट ४ सार्की टोलमा आएको पहिरो परी सात जनाको मृत्यु भएको छ । पाँच जना भने अझै वेपत्ता छन् । विहीवार रातिदेखि आएको अविरल वर्षाका कारण आएको पहिरोले गोपाल सार्की र कलु सार्कीका घर बगाएको थियो ।

यहाँका आठ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षाका कारण थप पहिरो झर्न सक्ने भन्दै उनीहरूलाई नजिकैको आधारभूत विद्यालयमा सारिएको हो ।


करिब पाँच सय मिटरमाथिबाटो आएको पहिरोले गाउँमा थप क्षति हुन नदिन आठ घरका २५ जनालाई विद्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरो पीडितलाई गाउँपालिकाले खानको व्यवस्था गर्नेछ ।

‘आठ घरलाई सुरक्षित स्थानमा सारेको छौं,’ उनले भने, ‘जोखिममा रहेका अन्य घरपरिवारलाई पनि सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ ।’ साथै बारेकोट ६ धुममा आएको खहरे खोला बगाउँदा दुईजना बेपत्ता भएका छन् । खोला तर्ने क्रममा २० वर्षीय शिव चलाउने र १२ वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार