मध्यपश्चिम र वाणिज्य विश्वविद्यालय चीन बीच सम्झौता

सुर्खेत, २६ असार ।

मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेत र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय सिजियाच्वांङग चीन बीच शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।

२०७७ असार २ गते मध्यपश्चिमान्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरेको विश्वविद्यालयका उपप्राध्यापक एवं सुचना तथा संचार प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।

उपप्राध्यापक भट्टले उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई सम्झौता मिति पश्चात पनि दिर्घकालिन रुपमा लागु हुने बताए । उनले सहकार्य पश्चात दुवै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गर्नेछन् । दिर्घकालिन तथा समग्र सहयोगको परिधी अन्तर्गत रहेर वैज्ञानिक अनुसन्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिंग स्कलर आदान प्रदान हुनेछ ।

शैक्षिक पठन पाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरु समेत विश्वविद्यालय बीच आदान प्रदान हुनेछन् । सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, कानुन मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि समेत विषेश अध्यन अध्यापनका क्षेत्र हुन् ।

तपाईको प्रतिक्रिया