पहिरोमा परी आमा छोराको मृत्यु

प्रचण्ड खत्री ।

रुकुम पश्चिम, २६ असार ।

रुकुम पश्चिममा लगातार परेको वर्षाका कारण आमा छोराको मृत्यु भएको छ । बिहिबार राति देखि परेको पानीका कारण एकै घरका २ जनाको मृत्यु भएको हो ।

आठबीसकोट नगरपालिका ३ का २८ वर्षीय सीता दमाई र उनका ६ वर्षीय छोरा हाबिल परियारको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी ८ वर्षीय छोरी हिरा परियारलाई नेपाल प्रहरी र स्थानीयले उद्दार गरेका हुन् ।

शुक्रबार बिहान आठबिसकोट नगरपालिका ३ मा रहेको रेझेखोलामा आएको पहिरोले स्थानीय तुल बहादुर दमाईको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ठग बहादुर केसीले बताए । ४ जनाको परिबार रहेको र तुल बहादुर काम बिशेषले बाहिर रहेकाले उनी शकुसल रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया