काठमाडौं, २६ असार ।
शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा शुक्रबार तोलामा २०० ले कमि आएको हो ।
यस्तै, तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि चाँदी सोही मुल्यमै कारोबार भएको थियो ।
युग संवाददाता । । २६ असार २०७७, शुक्रबार ११:५३