मनकारी घरबेटी दीपक

सुर्खेत, २६ असार ।

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न देशमा लकडाउन गरिएको छ । लकडाउन कै कारण धेरैको रोजीरोटी समेत गुमेको अवस्था छ । लकडाउन खुकुलो भएपनि यसको प्रत्यक्ष मारमा ज्याला मजदुरीले जीविका चलाउँदै आएका व्यक्ति तथा घरभाडामा बस्नेहरुलाई परेको छ । लामो लकडाउनले गर्दा मजदुरले काम गर्न पाएनन् भने व्यापारीले व्यापार ।

काम गरेरै महिनाको घर भाडा जुटाउँदै आएकाहरुलाई अहिले भने घरभाडा कसरी तिर्ने भनेर चिन्तामा छन् । सरकारले लकडाउन अवधीभरको घरभाडा छुट दिन घरधनीहरुलाई आग्रह गरेको छ तर अधिकांश घरधनीले भने सरकारको उक्त अनुरोधलाई व्यवस्था गर्दै भाडा उठाई रहेका छन् । तर यिनै घरधनीमध्ये केही भने मनकारी सावित भएका छन् ।

यीनै मनकारीमध्येका एक हुन् युवा व्यवसायी दीपक रोकाय जसले लकडाउन अवधीभरको ५० हजार घरभाडा छुट गरेका छन् । वीरेन्द्रनगर–३, यरीचोकस्थित उनको घरमा शुभलक्ष्मी ज्वैलर्स (सुनचाँदी व्यवसाय) गर्दै आएका कुमार विश्वकर्मा लाई सो रकम छुट गरेका हुन् । व्यवसायी रोकाय भन्छन् पैसा नै सर्वश्व चिज होइन मानिसलाई समस्या पर्दा सहयोग गर्न सकिएन भने मानविय धर्मको के काम ? घरभाडा छुट गर्दैमा कंगाल हुनुपर्ने अवस्था छैन उनी भन्छन्, काम गरेर दैनिकी चलाउनेको कामै बन्द भएपछि उनीहरुबाट पैसा लिनु पाप हुने ठानेर थोरै भएपनि राहत होस् भनेर घरभाडामा छुट दिएको हुँ, ।

महामारीको समय भएको भन्दै सबै घरधनीहरुलाई सकेसम्म घरभाडा नलिन आग्रह गर्दै भने, सुर्खेतमा कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानीका उपाए कसैले पनि नअपनाएको उल्लेख गर्दै समयमै सावधानी अपनाउन नसकिएको खण्डमा स्थिती भयावह हुनसक्ने चिन्ता व्यक्त गरे । यस्तै घरभाडा छुट पाएपछि ज्वैलर्सका सञ्चालक कुमार विश्वकर्माले खुशी व्यक्त गरे लकडाउनका कारण व्यवसाय बन्द भएपछि घरभाडा कसरी तिर्ने भन्ने समस्या टरेको बताए । यस्तो परिस्थितीमा घरबेटी भगवान भएर आएको भन्दै धन्यवादसमेत दिए ।

तपाईको प्रतिक्रिया