आजदेखि सार्वजनिक यातायात चल्ने

काठमाडौं, २६ असार ।

आजदेखि सार्वजनिक यातायात खुल्ने भएका छन् । सरकारले आजबाट सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको हो । यद्यपी सम्बन्धित जिल्लामा मात्र यातायात चलाउन पाइने छ ।

सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्नुपर्ने छ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् ।

ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

भाडा ५० प्रतिशत बढ्यो

यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया