ट्रयाक्टर दुर्घटना

तुलराज पाण्डे

कालिकोट, २५ असार ।

कालिकोटको कर्णाली करिडोरको सान्तिघाटमा ट्याक्टर दुर्घटना भएको छ। अमन एण्ड निसा कन्सट्रक्सनको नाममा रहेको ट्याक्टर दुर्घटना भएको हो ।


ट्याक्टर कर्णाली नदीबाट बालुवा बोकेर सान्नि त्रिब्रेणि स्थित वडा नं ४ को ट्राउडमाछा उत्पादनका लागि निर्माण भईरहेको माछापोखरिमा बालुवा लिएर जानेक्रममा सान्तिघाट चिलखोलेसमा दुर्घटना भएर ट्याक्टर खोलामा खसेको प्रहरीले जनाएको छ ।

लोड रहेको ट्याक्टर उकालोमा हिलोमा फसेको र ब्याग लिने क्रममा ट्याक्टर सडकबाट तल खसेको चालक धिरेन्द्र पाण्डेले बताए । उक्त घटना स्थलमा रास्कोट नगरपालिकाको प्रहरी चौकिबाट प्रहरि त्यहा पुगेको छ प्रहरीका अनुसार घटनामा मानवीय क्षती नभएको बताईएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार