ग्लोबल आईएमईद्धारा दश लाख सहयोग

सुर्खेत, २५ असार ।

ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा दश लाख नगद सहयोग गरेको छ । विहिवार ग्लोबल आईएमई बैंक कर्णाली प्रदेशका प्रमुख मदन कुमार मुल्मीले कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई कोरोना विपद् कोषका लागि दश लाखको चेक हस्तान्तरण गरेका हुन ।

दश लाखको चेक हस्तान्तरण गर्दै ग्लोबल आईएमई बैंकका कर्णाली प्रदेश प्रमुख मुल्मीले बैंकले गर्ने काम सामाजिक उत्तरदायीत्व अन्र्तगतको रकम कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा हस्तान्तरण गरेको बताए । उनले बैंकले बिशुद्ध नाफालाई मात्र नहेरी सामाजिक उत्तरदायीत्वलाई पनि आत्मसाथ गरेको जनाए ।

मुख्यमन्त्री शाहीले सहयोगका लागि ग्लोबल आईएमई बैंक र बैंकका कर्णाली प्रदेश प्रमुख मुल्मीलाई धन्यवाद ज्ञापन गरे । चेक हस्तान्तरण समारोहमा नेकपा सुर्खेतका सचिव कृष्ण जिसीको पनि उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया