पहिरोले पुरिएको जल विद्युतको प्रजिअद्धारा निरिक्षण

सुर्खेत, १५ असार । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जल विद्युत आयोजनामा सोमवार विहान पहिरोको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निरिक्षण गरेका छन् ।

जल विद्युतमा पहिरो जाँदा पञ्चपुरी नगरपालिका वडा नम्बर ६ भावर की ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको छ । प्रजिअ रेग्मीले पहिरोबाट मानवीय क्षति भएको र पावर हाउसमा त्यति ठुलो क्षति नभएको जानकारी दिए । उनले पावर हाउसमा आधा क्षति भएको त्यसको पुर्ननिर्माण छिटै गरिने बताए ।

गएरातिदेखि आएको वर्षाका कारण सोमवार विहान साढे २ बजे पहिरो गएको थियो । खमारी खोला जलविद्युत् आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । डम्मर र नन्दा श्रीमान् श्रीमति हुन्, उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।

घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जल विद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए । आयोजनाका अध्यक्ष ढुंगानाले पहिरोले आयोजनामा गृह ठूलो क्षती पु¥याएको जानकारी दिए । ५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट भावरसहित पञ्चपुरी नगरपालिकाका झण्डै एक हजार दुई सय परिवार लाभान्वित भएका थिए ।

तपाईको प्रतिक्रिया