राजस्वको रकम हिनामिना

सुर्खेत, १५ असार । वीरेन्द्रनगरको ४ वडा नम्बरको कार्यालय भैरवस्थानमा कार्यरत एक कर्मचारीले राजस्वको रकम हिनामिना गरेको पाइएको छ । वडामा कार्यरत वडा नं. १३ का प्रशासन सहायक रत्न बहादुर विकले वडा कार्यालयबाट उठाएको राजस्वको रकम हिनामिना गरेका हुन् ।

रकम हिनामिना गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको टोलीले विकलाई उनलकै घरबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया