नाङगै बनाएर एक्सरे गर्ने स्वास्थ्यकर्मी प्रक्राउ

दाङ, १५ असार । दाङमा उपचारका लागि अस्पताल पुगेकी एक महिलालाई नाङगै बनाएर एक्सरे गर्ने एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । घोराहीस्थित नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी एक महिलालाई नाङ्गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काकाले जानकारी दिए ।

डाँगीलाई सोमबार बिहान पक्राउ गरिएको हो । उनका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा नाङ्गै बनाएको भन्दै उजुरी दिएका थिए । उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर नाङ्गै बनाएको उजुरीमा उल्लेख भएको खड्काले बताए ।

(अन्नपूर्ण पोष्टबाट साभार)

तपाईको प्रतिक्रिया