सुर्खेत, १५ असार ।
१७ औं राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले शुभमकामना व्यक्त गरेकी छन् । मन्त्री केसीले सोमवार शुभकामना सन्देश जारी गर्दै सभ्य, भव्य र उल्लास पूर्वक मनाई कर्णालीमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्न र कर्णालीवासी तथा कृषकहरुमा शुभकामना व्यक्त गरेकी हुन् ।
असार महिना किसानका लागि मानो रोपेर मुरी फलाउने समय भएकोले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सुरक्षित हुँदै सामाजिक दुरी कायम गरेर रोपाई महोत्सवमा सहभागी हुन मन्त्री केसीको सन्देशमा उल्लेख छ । नेपाल सरकारले बढिमा २५ जनासम्म मात्र भेला हुने निर्णय गरेको छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवसलाई राष्ट्रिय रुपमा मनाउन थालिएको हो ।
यस वर्ष ‘धान उत्पादनमा बृद्धि–आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा रोपाइँ महोत्सव मनाइँदै छ । यही अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
कर्णालीको धान उत्पादनमा जम्मा ४९ हजार ४ सय २५ हेक्टर मध्ये हाल सम्म १९ हजार २ सय ४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइ सकिएको छ । सबै भन्दा धेरै डोल्पा जिल्लामा २ सय ७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा २ हजार ८ सय हेक्टर क्षेत्रफल मध्ये ९७ प्रतिशत अर्थात २ हजार ७ सय १६ हेक्टरमा धान रोपाइ सकिएको छ ।
युग संवाददाता । । १५ असार २०७७, सोमबार १२:४७