‘कोरोना विरुद्ध लडौं’–मुख्यमन्त्री शाही

सुर्खेत, १५ असार ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै आम नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साह पुर्वक उत्रनु पर्ने धारणा राखेका थिए ।

मुख्यमन्त्री शाहीले भारतबाट प्रदेश भित्रिने चाप घट्दो क्रममा रहेको बताउदै अब समुदाय स्तरमा केन्द्रीत हुनुपर्ने बताए । कोरोनाको अति प्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुन सक्ने बताउदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि परिक्षणमा जोड दिए ।


सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै पनि प्रभावकारी बनाउनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ । उनले सुरक्षा मापदण्डलाई कडाई पूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले परिक्षणमा निकै ढिलासुस्ती भएको भन्दै परिक्षण कार्यलाई तिव्र बनाउनुपर्नेमा जोड दिए । परिक्षणको लागि नमुना संकलन गरेको १ महिनासम्म पनि रिपोर्ट नआउदा नागरिकमा आक्रोश बढेको मुख्यमन्त्री शाहीको भनाई छ । मुख्यमन्त्री शाहीले प्रदेश अस्पत्तालमा रहेको पीसीआर मेसिन विग्रियो भन्दै नबस्न र विकल्पको खोजी गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले भारतवाट आउनेहरुको संख्या घट्दै गएकोले जिल्ला स्तरवाटै व्यवस्थापन गर्न सकिने बताए । उनले क्वारेन्टाईनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताए । उनले जिल्ला विपद व्यवस्थापन केन्द्रको सिफारिशमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउदै लगिने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार