दैलेखका ६० जना विद्यार्थीलाई छात्रवृत्ति

दैलेख, १५ असार ।

दैलेखका ६० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकाका २६ र गुराँस गाउँपालिका ३४ जना गरी ६० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई चार हजारका दरले छात्रबृत्ति रकम वितरण गरिएको हो ।


विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोग पु¥याउने उद्देश्यले छात्रबृत्ति वितरण गरिएको एभरेष्ट क्लवले जनाएको छ ।

सेभद चिल्डेनको आर्थिक सहयोगमा सञ्चालित युवा सशक्तिकरण बुलगारी परियोजनाबाट छात्रबृत्ति वितरण गरिएको कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार