धान दिवसः औपचारिक कार्यक्रम नहुने

सुर्खेत १४ असार ।

यस वर्ष असार १५ गते धान दिवसका दिन कुनै पनि औपचारिक कार्यक्रम नहुने भएका छन् । अघिल्ला वर्षमा तामझामसहित मनाइएको धान दिवस यस वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण कुनै औैपचारिक कार्यक्रम नहुने भएका हुन् ।


भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष कोरोनाका कारण कार्यक्रमको आयोजना नगर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता हरि पण्डितले कोरोना जोखिमका कारण पहिलेको जस्तो औपचारिक कार्यक्रम नराखिएको बताए ।

प्रदेश सररकारले यस वर्ष रोपाई दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिएको छ । सरकारले कुनै कार्यक्रम आयोजना नगरे पनि कृषक समुह र सहकारीले समाजिक दुरी कायम गरी कार्यक्रम गर्ने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार