किसानलाई भैसी वितरण

सुर्खेत, १४ असार । कर्णाली प्रदेशको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले किसानलाई ५० वटा भैसी वितरण गरेको छ । निर्देशनालयले किसानहरुलाई ६५ लाख रुपैयाँ बराबरको ५० वटा भैसी वितरण गरेको हो ।

बराहताल गाउँपालिका वडा नम्बर ५ सुन्दरी गाउँका ४१ जना किसानलाई निर्देशनालयले आइतबार एक राँगो सहित २६ र यसअघि २५ वटा भैसी वितरण गरेको हो । निर्देशनालयका निमित्त निर्देशक खड्कबहादुर सिंजाली, अधिकृत मोहन गिरी लगायतको उपस्थितिमा किसानहरुलाई भैसी वितरण गरिएको हो ।

दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायीक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भैंसी वितरण गरिएको निर्देशनालयका अधिकृत गिरीले जानकारी दिए । उनका अनुसार निर्देशनालयले ४७ लाख ५० हजार र बाँकी किसानको गरी ६५ लाख बढी लगानीमा भैंसी खरिद गरेर वितरण गरिएको हो ।


एक भैसीको मूल्य १ लाख ३० हजार परेको सुन्दरी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष रत्नलाल सुवेदीले बताए । निर्देशनालयले गतबर्ष पनि किसानलाई भैसी वितरण गरेको थियो । सुन्दरी गाउँका प्रत्येक किसानले उत्पादन गरेको दुध सुर्खेतको डेरी उद्योगले खपत गर्ने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार