कोरोनासंगै सामाजिक मन्त्रालय सचिव विहिन

कोरोनाको कहर : मन्त्री रावलकाे काका, भाई सेटिङमै रहर

सुर्खेत, १३ असार ।
कर्णाली प्रदेशमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि आम सर्वसाधारणमा कोरोना संक्रमण देखिएको छ । कोरोना नियन्त्रणको विषयगत मन्त्रालय सम्हालेका सामाजिक विकास मन्त्री दल रावल भने आफ्न्त सेटिङ्मै व्यस्त भएका छन् । कृषि मन्त्रालयको अनुदानमा आफ्न्त पारेपछि आलोचित बनेका मन्त्री रावल आफुले सम्हालेको मन्त्रालय र मातहतका कार्यालयमा समेत आफ्न्त सेटिङमै व्यस्त रहेको रहस्य खुलेको छ ।

कोरोना नियन्त्रणमा औषधी उपचार, स्वास्थ्यकर्मी परिचालनमा प्रमुख जिम्मेवारी, दायित्व प्रदेशमा सामाजिक विकास मन्त्रालयको हो । कोरोना नियन्त्रणका लागि नेपाल सरकारले २०७६ चैत्र १२ गतेदेखि लामो लकडाउन घोषणा गरेको थियो । लकडाउनसंगै कोरोना नियन्त्रणमा महत्वपूर्ण जिम्मेवारी लिएको सामाजिक विकास मन्त्रालय नेतृत्व विहिन बनेको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा. मान बहादुर विके सरुवा भएर गएपछि मन्त्रालय नेतृत्व विहिन भएको हो ।

कर्मचारी–प्रशासन, आर्थिक परिचालनको नेतृत्व गर्ने मुख्य जिम्मेवारी हुने मन्त्रालयको सचिव नहुँदा दैनिक प्रशासन, आर्थिक कारोबार सञ्चालनमा समेत अप्ठेरो हुने गरेको छ । मन्त्रालयका सचिव डा. मान बहादुर विके सरुवा भएर जाँदा मन्त्रालयका शिक्षा प्रशासन (दशौं) तहका विष्णु प्रसाद अधिकारीलाई दैनिकी प्रशासन सञ्चालनको जिम्मेवारीसहित निमित्त सचिव तोक्दै २०७६ माघ २८ गते कर्णाली प्रदेशबाट विदा भएका थिए ।

२०७६ चैत्र १० गतेदेखि सामाजिक मन्त्री दल रावलको सेटिङमा, मुख्यमन्त्रीको शाही–ठकुरीको जातिगत अपनत्व लविङ र प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेसंगको आस्था, विचार मिलाउँदै शिक्षा प्रशासन समूह (दशौं) का धर्मजित शाहीले सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हाल्दै आएका छन् । राजनीतिक अस्था, विचारले फरक भएपनि मन्त्रीकै गृह जिल्ला हुम्ला, गृह पालिका सर्केगाड गाउँपालिका निवासी, मन्त्रीकै मतदाता, नाताले काका हुन धर्मजित शाही र बृष बहादुर शाही दाजुभाई । उनीहरुका लागि मन्त्री रावलको पद भने मालामाल भएकोछ । माेटाेरकम चलखेल हुने अड्डामा दुइ भाइले अालाेपालाे धानिरहेका छन् ।

सामाजिक विकास मन्त्री रावल मन्त्रालयमा सचिव ल्याउनेतर्फ भन्दा पनि आफ्ना दुई काकाको सेटिङ मिलाउनमै व्यवस्था भएका छन् । सामाजिक विकास मन्त्रीका काका हुन हाल मन्त्रालयका कायम मुकायम सचिव तोकिएका शिक्षा प्रशासन समूह (दशौ) तहका धर्मजित शाही । मन्त्री रावलले जेठा काका धर्मजितलाई आफ्नो मन्त्रालयको कायम मुकाम सचिव तोकेर दैनिक प्रशासन तथा आर्थिक क्रियाकलाप सञ्चालन गरिरहेका छन् । आफ्न्त सेटिङमा महिर मानिने मन्त्री रावलले जेठा काका धर्मजित शाहीलाई मानव संशाधन केन्द्रको निमित्त प्रमुखबाट मन्त्रालय ल्याएर कायम मुकाम सचिवको जिम्मेवारी दिलाएका हुन ।

शिक्षा, स्वास्थ्य, सिपमूलक तालिम सञ्चालनको जिम्मेवारी तोकिएको बार्षिक कराेडाै‌ रकम चलखेल हुने मानव संशाधन केन्द्रमा धर्मजित शाहीकै भाई तथा मन्त्री रावलका कान्छा काका बृष बहादुर शाहीलाई निमित्त प्रमुख तोकेर पठाइएको छ । बरिष्ठ जनस्वास्थ्य प्रशासन (दशौं) स्वास्थ्य महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका तालिम, गोष्ठी, भ्रमणको नाममा बर्षेनी करोडौ रकम खर्च हुने मालदार मानव संशाधन केन्द्रमा प्रमुख ल्याउनुका साटो आर्थिक अधिकारसहित निमित्त खटाइएको हो । सामाजिक विकास मन्त्रालय र मानव संशाधन विकास केन्द्रमा दरबन्दी अनुसारको प्रमुख व्यक्ति ल्याउने भन्दा पनि आफ्न्तलाई कहिले वर, कहिले पर बनाउँदै आर्थिक अधिकारसहितको जिम्मेवारी तोक्दै आपरदर्शी काम गरिरहेको स्रोतको दावि छ ।

दुई भाई धर्मजित शाही र बृष बहादुर शाही मन्त्री रावलका नाताले काका हुन । मन्त्रीको जिम्मेवारी रावलले पाएपछि अन्य कर्मचारीलाई पेल्दै यी दुई कर्मचारीलाई अस्वभाविक जिम्मेवारी तोकिँदै आएको छ । नाता मात्रै नभएर मोटो रकमको आर्थिक चलखेलकै लागि काका सेडिङमा मन्त्री लागेको मन्त्रालय स्रोतको दावि छ । आफुले नेतृत्व सम्हालेको सामाजिक विकास मन्त्रालयमा दुई काका सेटिङ मिलाएका मन्त्री रावलले भाई डा मंगल रावललाई हालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकको जिम्मेवारी दिलाउन सफल भएका छन् । प्रतिष्ठानमा कार्यरत बरिष्ठ स्वास्थ्यकर्मीहरुलाई पन्छयाउँदै भाईलाई निर्देशक बनाउन सफल भएका छन् । उनले भाई निर्देशक मात्रै बनाएका छैनन । कोरोना नियन्त्रणमा प्रदेशको करोडौं बजेट नियम विपरित पठाउन सफल भएका छन् ।

आर्थिक विनियोजन ऐन २०७६ ले संघीय सरकार मातहतका कुनैपनि निकायहरुलाई प्रदेशको बजेट निकासा दिइने छैन उल्लेख गरिएको भएपनि मन्त्री परिषद्बाट निर्णय गराउँदै संघीय सरकार अन्तर्गतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफ्नो भाई निर्देशक भएकै कारण पटक पटक करोडौं रकम निकासा गरिएको छ । आफले निर्माण गरेको कानून विपरित करोडौं निकासा गरिनु केही न केही मन्त्रीको पनि स्वार्थ बाजिएको हुन सक्ने देखिन्छ ।

प्रशासन समूह तर्फका अनुभवी र क्षमतावान सुर्खेतका स्थानीय दुई जना सहसचिव लक्ष्मी वस्नेत र आनन्द सारु आफनै प्रदेशमा सेवा गर्ने उद्देश्यले कर्णाली प्रदेशमा आएका छन् । यी दुई सहसचिव कर्णाली प्रदेश सरकारका कुनै पनि मन्त्रीको नजरमा, राेजाइमा भने परेका छैनन कारण यी दुवै जना सुर्खेत निवासी हुन । प्रदेशका मन्त्री आफ्नै जिल्ला, निर्वाचन क्षेत्र, आफनै मतदाता केन्द्रीत भएकाले यी दुई सहसचिव पेलानमा परेका हुन । मन्त्रीहरुको रोजाईमा नपरेपछि मुख्यमन्त्री कार्यालयको जगेडा सचिवको रुपमा चित्त बुझाउन बाध्य भएका छन् ।

सहसचिव वस्नेत निजामती क्षेत्रको सबैभन्दा पुरानो सहसचिव हुन । उनी संघीय विभिन्न मन्त्रालय, राष्ट्रपति कार्यालयमा समेत जिम्मेवारी सम्हालेको अनुभव छ । अर्का सहसचिव आनन्द सारुको रोजाई सामाजिक विकास मन्त्रालयनै थियो तर उनी मन्त्रीको रोजाईमा पर्न सकेनन । निजामती सेवामा सुर्खेतबाटै सेवा प्रवेश गरेका सारु दाङको उपमहानगर पालिकाको दुई पटक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव छ । यी दुवै निजामती क्षेत्रका सुर्खेतका प्रतिभावान व्यक्ति कर्णाली प्रदेशका मन्त्रीको रोजाईनमा भने पर्न सकेका छैनन ।

हाम्राे खबरदारी :-

मुख्यमन्त्रीको नाम जप्दै १५ दिनमा ३६ करोड सकिँदै (रकम निकासाकाे विवरणसहित)

किसानको नाममा मन्त्रीका आफन्तलाई तीन करोड बाँडिदै (११६ जनाको नामावलीसहित)

कोरोनाको कहर : जनप्रतिनिधिको सुविधामा रहर

बर्सेनी भेलसँगै बग्छ राज्यको करोडौं लगानी

कर्णालीका दुई मन्त्रीलाई प्रधानमन्त्रीको हप्की !

 

तपाईको प्रतिक्रिया