बनगाड कुपिण्डे नगरपालिकामा

प्रशासकिय भवनदेखि विद्युतिकरणको काम बढ्यो

दुर्गा विसी
सल्लीबजार, १३ असार ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका अधुरा योजना अघि वढेका छन् । सडक, भवन र विद्युतका ठुला योजनाले बल्ल प्राथमिकता पाएका छन् । प्रशासकिय भवनतर्फ ७ करोड छुट्याइएकोमा ५ करोड ३० लाख एसोसियट जयभवानी जेभिले टेन्डर पारी सम्झौताको चरणमा रहेको छ ।

बाँकी एक करोड ७ लाखले सभाहल तथा अन्य संरचनाको लागि समेत विनियोजन भएको छ । त्यसैगरी मुलाखोला खेतगारा किम्टाकुरा खानिगाउँ मेलटाकुरा बराहपोखरा जियुपि कन्स्ट्रक्सन काठमान्डुले ३ करोड ५५ लाखको सम्झौताको पर्खाइमा रहेको छ । बिधुत तर्फ २ करोड ३० लाखको टेन्डर भखरै आह्वान भएको छ ।

विद्युतको लागि वडा नम्बर १ को घाटगाउँ देखि पानी खोला प्रसारण तथा बितरन लाइन । वडा नम्बर १ कै घाट्गाउँदेखी ज्यामिरे प्रसारन लाइन तथा बितरन लाइन । वडा १ नम्बर कै नाथेखोला रानागाउँ बितरन लाइन वडा नम्बर ५ को च्युरा सम्म बितरन लाइन । वडा नम्बर ४ को गर्छे सम्म प्रशारण लाइन जोडिने भएको छ ।

अर्काे वडा नम्बर ६ को टाट्के कालागाउँमा बितरण लाइन, वडा नम्बर ७ को ढोरपिपल, चिसापानी हुँदै राम्चौना, वडा नम्बर ८ को बाबियाचौर देखि अधेरी प्रशारन तथा बितरन लाइन, वडा नम्बर ९ को जैतपानी देखि गिठाचौर प्रसारन तथा बितरनलाईन, वडा नम्बर ११ को अथिङ्रे लामाखालीसम्म विद्युतिय लाइन जोडिने जनाएको छ ।

देवस्थल नाम्रा धारागाउँ औलबेसी बामे रोडमा पिएस कन्ट्रकसन बाकेले ९५ लाख मा टेन्डर पारी सम्झौता गरिसकेको छ। त्यसैगरि आपचौर खाप्छे निगालचुलाको एक करोड ५८ लाखको बाटोमा जिआरएम कन्स्ट्रक्सन, चितवनले निर्माण कार्य गरिरहेको छ । बनगाड कुपिण्डेका यी महत्वपूर्ण योजनाहरु दुर्तगतिमा अघि बढ्ने नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभएको छ ।

प्रशासकिय भवन देखि विद्युतिकरण सडक सञ्जालले आफ्नै कार्यकालमा पुर्नता पाउने दावि गरिएको छ । बजेट वडाहरुमा कम जानुको मुख्य कारण यी योजनाहरुमा भारि रकम विनियोजन हुदा वडाको सिलिङ कम भएको जनाएको छ । तर वडामै यो रकम पनि जाने र विकास हुने जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका इन्जिनियर महेश देवकोटाले दिएको जानकारी अनुसार सडक सञ्जाल, विद्युत र प्रशासकिय भवनको काम अघि बढेको जनाएको छ । विगत लामो समयदेखि रोखिएका नगरका विकास योजनाहरु अघि बढाउनेमा इन्जिनियर देवकोटाको महत्वपूर्ण कार्य भएको जनाएको छ ।

अबको २ वर्ष भित्रमा भवन,सडक,विद्युतिकरणले पूर्णता पाउने दावि प्रशासकिय अधिकृत मोहन खड्काको भनाइ छ । विगत लामो समय रोकियका कामकाज अघि वढेका छन् । यी आयोजना अघि बढाउँदा बजेटले यतै आकार पाएकोले बजेट कम देखिए पनि ठुलो काम हुने जनाएको छ । ३ बर्ष देखि रोकिएका तथा अधुरा योजना अघि बढेका छन् ।

तपाईको प्रतिक्रिया