कर्णालीमा असार १५ गते सार्वजनिक विदा

सुर्खेत, १३ असार ।
यही असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक विदा दिइएको छ । धान दिवसको अवसरमा असार १५ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै जुम्ला बाहेक नौँ जिल्लाहरुमा सार्वजनिक विदा दिइने जनाएको हो । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण मन्त्रालयले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया